भारतविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा अष्ट्रेलियाका विस्फोटक ब्याट्सम्यान स्टेभेन स्मिथले शतक प्रहार गरेका छन्। पहिलो ब्याटिङ गरेको अष्ट्रेलियाको लागि स्मिथले ६२ बलमा सय रन बनाएका हुन्।
उनले त्यसक्रममा १३ चौका र २ छक्का प्रहार गरेका छन्। सिरिजकाे पहिलाे खेलमा पनि भारतविरूद्ध स्मिथले शतक प्रहार गरेका थिए। नाेभेम्बर २७ मा भएकाे खेलमा उनले ६६ बलमा एक सय ५ रन बनाएका थिए।