मोरङ जिल्लाको सुनवर्षी नगरपालिका–२ सुघाटोलका ३० वर्षीय भुपेन्द्र राईले गाईको हत्या गरेका छन्। आफ्नो भाई गजेन्द्र राईसँग सामान्य घरायसी विवाद हुँदा उनले हथौडा प्रहार गरी भाइको घरमा पालिएको गाईको हत्या गरेका हुन्।
गाई मारेको खबर पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले अभियुक्त भुपेन्द्रलाई पक्राउ गरेको छ। भुपेन्द्रलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।