नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हलाई नेपाली सेनाको जंगी अड्डामा स्वागत गरिएको छ। रक्षामन्त्री फेङ्हे जंगी अड्डा निरीक्षणका लागि भद्रकाली पुगेका थिए। उनलाई त्यहाँ नेपाली सेनाको एक टोलीले स्वागत गर्दै सम्मान गारद अर्पण गरेको थियो।
२१ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै रक्षामन्त्री फेङ्हे आइतबार बिहानै काठमाडौं आइपुगेका हुन्। आइतबार नै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन्।
त्यस्तै, उनी र प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता हुने बताइएको छ।