आइतबार नेपाली सेयर बजारमा नयाँ कीर्तिमान कायम भएको छ। आइतबारको कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैलै नयाँ कीर्तिमान बनाएकाे हो।
आइतबार नेप्से परिसूचक ३.९६ प्रतिशत अर्थात ७५ दशमलव ०२ बढेर १ हजार ९ सय ६८ दशमलव २७ अंक भन्दा माथि पुगेको छ। यो हालसम्मकै उच्च विन्दु हो।
यसैगरी सेयर कारोबार रकम पनि एकैदिन साढे ९ अर्ब रुपैयाँ नाघेको छ। गत बिहीबार कोरोबार रकम ७ अर्ब नाघेर कीर्तिमान कायम भएको थियो।
दिनभर भएका ८० हजार २ सय ७१ कारोबारबाट २ सय कम्पनीका २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता सेयर किनबेच भएको छ। जसअनुसार कारोबार रकम ९ अर्ब २२ करोड ७३ लाख ३८ हजार ३ सय ४८ रुपैयाँ पुगेको छ।