सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो प्रतिवेदन अस्वीकार गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो रिपोर्ट पूर्वाग्रह र भ्रामक रहेको भन्दै त्यसलाई नेपाल सरकारले अस्वीकार गर्ने स्पष्ट पारेका हुन्।
मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेमलनमा बोल्दै गुरुङले मिसनका आधारमा तयार गरिएको रिपोर्ट कुनै पनि हालतमा सरकारलाई मान्य नहुने बताए।
ट्रन्सपरेन्सी इन्टरनेशनलले हालै सार्वजनिक गरेको प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको सरकारको दाबी छ। ट्रान्सपरेन्सीले नेपालमा भ्रष्टाचार बढ्दै गएको प्रतिवेदन दिएको थियो।
त्यस्तै ट्रन्सपरेन्सी इन्टरनेशनलले ‘म भ्रष्टाचार गर्दिनँ’ र ‘अब म गर्न दिन्नँ’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईलाई गलत पुष्टि गरेको थियो।