एक दिने नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे राष्ट्रपती विद्या देवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। आइतबार बिहान आएका फेङ्हे प्रधानमन्त्री केपी शर्मा ओलीसँग आधा घन्टा औपचारिक भेटवार्ता गरेपछि शितलनिवास पुगेका हुन्।
राष्ट्रपति भण्डारीसँग पनि उनले आधा घन्टा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको शितल निवास स्रोतले बताएको छ। भण्डारीसँगको भेटपछि फेङ्हे सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन्।
रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्रीसँग भेट गर्नुअघि फेङ्हेले नेपाली सेनाको जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए।