कोरोना संक्रमण पुष्टि भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन्। श्वासप्रश्वासमा समस्या आएपछि उनी काठमाडौंकोे ह्याम्स अस्पतालमा भर्ना भएका हुन्।
शनिबार संक्रमण पुष्टि भएका सन्दीपको अवस्था सामान्य रहेको बताइएको छ। राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सामेल हुनुअघि गरिएको पिसिआर परीक्षणमा सन्दीपको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो।
सन्दीप राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सामेल हुँदै बिग ब्यास लिग खेल्न डिसेम्बर दोस्रो साता अष्ट्रेलिया जाने तयारीमा थिए।