धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार लगातार उकालो लागेको नेप्से झण्डै २९ अङ्कले वृद्धि हुँदा कारोबार रकमसमेत झण्डै नौ अर्बको हाराहारीमा पुगेको छ।
आइतबार झण्डै ७५ अंकले बढेको नेप्से आज २८ दशमलव ७९ विन्दुले वृद्धि हुँदा एक हजार ९९७ दशमलव ०५ मा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलव ६३ विन्दुले बढेर ३८५ दशमलव ५६ मा पुगेको छ। कूल १९८ कम्पनीको दुई करोड ५१ लाख ९१ हजार ३१९ कित्ता शेयर आठ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६८२ रुपैयाँ मूल्यमा खरिद बिक्री भए।
स्टकका अनुसार, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लागेको छ भने आठ उपसमूहको शेयर भने उकालो लागेको छ।
बैंकिङ ७ दशमलव ३८, विकास बैंक ४८ दशमलव १४, वित्त ५ दशमलव ४१ र सामूहिक लगानी कोष ० दशमलव १३ विन्दुले घटेको छ। यस्तै व्यापार १५१ दशमलव ०७, होटल ४ दशमलव ९६, जलविद्युत् ८९ दशमलव २३, निर्जीबन बीमा १९३ दशमलव ०४, उत्पादन ७३ दशमलव ६३, अन्य ४० दशमलव २८, लघुवित्त ३७ दशमलव ६ र जीवन बीमा ८२३ दशमलव ३६ विन्दुले उकालो लाग्यो।
कारोबार भएका कम्पनीमध्ये आज नेपाल लाइफ इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३८ करोड ४८ लाख ८६ हजार ७७२ रुपैयाँ बराबरको कारोबार भयो।
नेपाल पुनर्बीमा कम्पनी ३७ करोड ३४ लाख ११ हजार १०९ रुपैयाँ, प्रभु बैंक ३६ करोड ७१ लाख ३९ हजार ९३६ रुपैयाँ, नेपाल बंगलादेश बैंक ३३ करोड ३३ लाख २७ हजार ७८४ रुपैयाँ, ग्लोबल आइएमई बैंक २७ करोड दुई लाख ३२ हजार २१३ रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंक २४ करोड ८६ लाख चार हजार ५२५ रुपैयाँ, नेपाल बैंक २४ करोड ६० लाख ७५ हजार रुपैयाँ, नबिल बैंक २२ करोड ९७ लाख १३ हजार १४० रुपैयाँ र एनएमबी बैंक २२ करोड ५४ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।
आज कारोबार भएका कूल कम्पनीमध्ये ११० कम्पनीको शेयर उकालो लाग्यो भने ५६ कम्पनीको शेयर ओरालो लाग्दो छ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन।
स्टकका अनुसार, युनाइटेड मोदी १०, माथिल्लो तामाकोशी ९ दशमलव ८०, ग्रिन डेभलपमेन्ट बैंक ९ दशमलव ७०, नेपाल बङ्गलादेश बैंक ९ दशमलव ६९, साञ्जेन जलविद्युत् कम्पनी ९ दशमलव ६२, रसुवागढी हाइड्रोपावर ९ दशमलव ६१, नेपाल लाइफ इन्सुरेन्स कम्पनी ९ दशमलव ४४, साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले ९ दशमलव १७ प्रतिशतले कमाए।
त्यसैगरी विशाल बजार कम्पनी १०, बोटलर्स नेपाल तराई ५ दशमलव ४२, लुम्बिनी विकास बैंक ४ दशमलव १०, गरिमा विकास बैंक ३ दशमलव ७९, प्राइम बैंक ३ दशमलव ७७, श्री इन्भेस्टमेन्ट बैंक ३ दशमलव ६७, नेपाल एसबिआई बैंक ३ दशमलव ४४, महालक्ष्मी विकास बैंक ४ दशमलव ३७ र पोखरा फाइनान्सका लगानीकर्ताले ३ दशमलव ३२ प्रतिशतले गुमाए।
आजको वृद्धिसँगै कूल बजार पूँजीकरण भने २६ खर्ब ७६ अर्ब ५२ करोड ४५ लाख ६० हजार ७९० रुपैयाँ बराबर पुगेको छ। नेप्से र कारोबारमा उच्च अंकले भइरहेको वृद्धिका कारण कूल बजार पूँजीकरणसमेत झण्ड २७ खर्ब रुपैयाँ बराबर पुगेको हो।