सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमै बस्ने भएको छ। शनिबार बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ पृष्ठको प्रस्ताव पेश गरेका थिए र अर्को बैठक पार्टी कार्यालय, धुम्बाराहीमा १ बजे बस्ने भनिएको थियो।
मंगलबार विहान महासचिव विष्णु पौडेलका अनुसार सचिवालय बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा नै बस्ने सूचना नेताहरुलाई दिएका छन्।
धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट हुने गृह मन्त्रालयको रिर्पोटिङ रहेको भन्दै बालुवाटारमै बैठक बोलाइएको हो।