प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा गरी थप ३ जना कोरोना संक्रमितको निधन भएको छ।
मंगलबार बिहान ७:५० बजे बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापाको दमक नगरपालिका–३ निवासी ८२ वर्षीय महिलाको मृत्यु भएको छ। मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो।
त्यस्तै, सोमबार राति लुम्बिनी प्रादेशिक अस्पतालको कोभिड अस्पतालमा कपिलवस्तुको शिवराज नगरपालिका–५ की ५० वर्षीया महिलाको मृत्यु भएको छ।
गोरखाको गोरखा नगरपालिका– ६ की ७५ वर्षीया महिलाको मंसिर १२ गते शुक्रबार राति मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।