बार्सिलोनाका कप्तान लियोनल मेसीलाई म्याराडोना समर्पित गोल सेलिब्रसेनको लागि कारवाही हुने भएको छ। स्पेनिस ला लिगामा मेसीले ओसासुनाविरुद्ध गोल गरेपछि आफ्नो गोल विश्व फुटबलका आदर्श पुरुष डिएगो म्यारोडोनालाई समपर्ण गरेका थिए।
मेसीले ओसासुनाविरुद्ध गोल गरेपछि नेवेल्स ओल्ड ब्बाएको जर्सी पहिरिँदै म्यारोडोनाको गोलशैली सेलेब्रेसन गरेका थिए। स्पेनिस फुटबल फेडेरेसनले उक्त शैली अमान्य भएको जानकारी दिएको छ।
खेलाडीलाई गोल समर्पण गर्न पाइने तर खेल दौरान नै अन्य टोलीको जर्सी लगाउन नपाउने फेडेरेसनले बताएको छ। मेसीको उक्त सेलिब्रेसन बार्सिलानाको लागि महँगो साबित भएको छ।
बार्सिलोनाले २ हजार ७ सय पाउन्ड (नेपाली ४ लाख रुपैयाँ) जरिवाना तिर्नुपर्ने भएको हो। मेसीले क्याटलान क्लब बार्सिलोना आउनुअघि न्युवेल्सबाट करियरको शुरुवात गरेका थिए।