नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरू भएको छ। प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको बैठकमा यसअघि दुई अध्यक्षले पेश गरको राजनीतिक प्रस्तावमाथि छलफल हुने बताइएको छ। धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट हुने गृह मन्त्रालयको रिर्पोटिङ रहेको भन्दै बालुवाटारमै बैठक बोलाइएको हो।
गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचना गर्दै प्रस्ताव पेश गरेका थिए। प्रचण्डको उक्त प्रस्तावमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले शनिबारको सचिवालय बैठकमा जवाफी प्रतिवेदन सचिवालयमा पेश गरिसकेका छन्।
प्रधानमन्त्री ओली पक्षले दुवै प्रतिवेदनलाई स्थायी कमिटीमा लैजानुपर्ने अडान लिएको छ। प्रधानमन्त्री ओली पक्षधरले भने दुवै प्रस्तावलाई थाती राखेर साझा प्रस्ताव बनाउनुपर्ने प्रयास गरेका छन्।
स्रोतका अनुसार ओलीइतर पक्षले प्रधानमन्त्रीले पेश गरेको प्रस्तावको जवाफ समेत दिने तयारी गरेका छन्।