महोत्तरीको बर्दिवासमा ६ वर्षीया गुलाव शाह खातुनको हत्यापछि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर सञ्जय न्यौपानेको मृत्यु भएको थियो। उक्त घटनामा प्रहरीकोे लापरवाही भएको हुन सक्ने आशंकामा दुई जना प्रहरी जिल्ला तानिएका छन्।
इलाका प्रहरी कार्यालय बर्दिवासमा कार्यरत प्रहरी नायव निरीक्षक वीरेन्द्र सिंह र प्रहरी हवल्दार फुलगेन मण्डल जिल्ला तानिएका हुन्। बालिका हत्याको विरोधमा भएको प्रदर्शन रोक्न प्रहरीले गोली चलाएको थियो।
याे पनि पढ्नुहाेस् :
बृद्ध आमाबुवालाई आँशुको आहालमा डुबाएर बिदा भए, श्रीमती मुर्छित, टुहुरा भए छोराछोरी
गत कात्तिक ७ गते बर्दिवास नगरपालिका–१४ की खातुनको हत्या भएको थियो। गौशाला नगरपालिका–५ का अरुण साहले बालिकाको हत्या गरेको जानकारी बाहिर आए लगत्तै स्थानीयले प्रदर्शन गरेका थिए।
यसैबीच बालिका खातुनको हत्या र प्रहरीको गोली लागेर सञ्जय न्यौपानेको मृत्यु भएको घटना छाानबिनका लागि गृह मन्त्रालयले बनाएको समितिका पदाधिकारी मंगलबार महोत्तरी गएको छ।
गृह मन्त्रालयलेउपसचिव रुद्र पण्डितको संयोजकत्वमा छानबिन समिति बनाएको थियो। समितिका सदस्यमा सदस्यमा अनुसन्धान कार्यालय धनुषाका एसपी अभिनय सिंह र प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका एसपी कृष्ण प्रसाइँ सदस्य छन्। समितिले घटनाबारे निष्पक्ष छानबिन गर्ने बताइएकाे छ।