प्रहरीले बाल यौन दूराचार गरेको आरोपमा फ्रान्सेली नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६० वर्षका क्रिष्टियन सर्ज हेनरी नौगारेट रहेका छन्।
उनलाई पोखरा पोखरा महानगरपालिका १७ बरौता पावर हाउस फुर्सेखोला बगर किनारबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। बाल यौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेको कसूरमा उनलाई सोमबार नियन्त्रणमा लिइएको छ।
उनलाई १२ वर्ष, ८ वर्ष र ७ वर्षका गरी ३ बालकलाई बाल यौन दूराचार गरिरहेकाे अवस्थामा फेला पारीएकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जानकारी दिएको छ। आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउन नौगारेट जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको छ।