अखाद्य वस्तु उत्पादन गर्ने ३४ उद्योगलाई कानूनी कारवाही गरिने भएको छ। पिउने पानीसम्बन्धी १५, खाद्यान्न तथा दलहन आठ, दूध तथा दुग्ध पदार्थ छ, तेल तथा घिउ तीन र अन्य तीन गरी ३४ उद्योगलाई खाद्य ऐन–२०२३ अनुसार कानूनी कारवाही गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।
नमूनाको विश्लेषण परीक्षण प्रतिवेदनअनुसार ७० नमूना मापदण्डानुसार नभेटिएका उद्योग सञ्चालकलाई निरीक्षणमा राखिएको छ।