सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैको प्रस्तावमाथि छलफल शुरु भएको छ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सोमबार १ बजेदेखि बसेको बैठकमा ओली र प्रचण्डका साथै अरु नेताहरुले पनि बोलेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए।
औपचारिक बैठकसँगै नेताहरुबीच अनौपचारिक छलफल र सम्वादहरु पनि हुने उनले जानकारी दिएका छन्।