एकदिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा भारतले अष्ट्रेलियालाई ३ सय ३ रनको लक्ष्य दिएको छ। यसअघिका दुई खेल हार्दै सिरिज उपाधी गुमाइसकेको भारतले अन्तिम खेलको निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय २ रन बनाएको हो।
भारतको पारीमा हार्दिक पाण्डेयले आक्रमक ब्याटिङ गर्दै ७६ बलमा ९२ रन बनाउँदा रविन्द्र जडेजाले ५० बलमा ६६ रन बनाए। त्यस्तै, कप्तान विराट कोहलीले अर्धशतक बनाए। ७८ बलको सामना गरेको कोहलीले ५ चौकाको मद्धतमा ६३ रन बनाए। अर्का ब्याट्सम्यान शुब्मन गिलले ३३ रन, शिखर धवनले १६ रन, श्रेयस अय्यरले १९ रन बनाए।
अष्ट्रेलियाको बलिङमा अस्टोन अगरले २, आडम जम्पा, जोश हज्लेउड र सिन अब्बोटले समान एक एक विकेट लिए। सिरिजकाे पहिलाे खेलमा भारतलाई ६६ रनले पराजित गरकाे अष्ट्रेलियाले दाेस्राे खेलमा ५१ रनकाे जीत निकाल्दै सिरिज उपाधि कब्जा गरिसकेकाे छ।