सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बुधबारको सचिवालय बैठकमा सहभागी हुने भएका छन्।
मंगलबारको सचिवालय बैठकमा भनाभन भएकको थियो र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार १ बजे बैठक बस्ने सूचना दिएका थिए। तर अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ‘यस्तो बैठक के काम’ भन्दै उठेका थिए।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि कार्यव्यस्तता कारण ओली बुधबार बोलाइएको पार्टी सचिवालयको बैठकमा सहभागी नहुने जानकारी दिएका थिए।
तर आफू निकट नेताहरुसँग भएको छलफलपछि ओली बैठकमा बस्न तयार भएका छन्।