स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले स्वास्थ्य क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको बताएका छन्। कैलालीको टीकापुर अस्पतालको आज अनुगमन गर्दै राज्यमन्त्री रावतले ग्रामीणस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले नै देशभरी ३ सय ९६ अस्पताल निर्माणको कामलाई सरकारले शुरु गरिसकेको बताए।
उनले स्वास्थ्य क्षेत्रमा तिनै सरकारको आ–आफ्नो जिम्मेवारी रहेको बताउँदै कसैले पनि आफ्नो जिम्मेबारीबाट पन्छिन नपाउने जनाए राज्यमन्त्री रावतले टीकापुर अस्पताल प्रदेश सरकारको मातहतमा रहेको बताउँदै अस्पतालको विकास र विस्तारका लागि प्रदेश सरकार गम्भीर हुनुपर्ने बताए।
टीकापुर अस्पतालको भौतिक संरचना निर्माण, दक्षजनशक्तिको व्यवस्थापन र चिकित्सकको आवास घरको निर्माणको लागि मन्त्रालयमा छलफल गरी बजेट विनियोजन गर्ने आश्वासन दिए।