नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परेका छन्। निषेधाज्ञा ताेडेकाे भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले पौडेललाई पक्राउ गरेकाे हाे।
पौडेल तनहुँको व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पुलको उद्घाटन गर्न त्यहाँ पुगेका थिए। दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्धाटन स्थलबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
नेता पौडेलसँगै तनहुँ कांग्रेसका कार्यवाहक सभापति जीतप्रकाश आले पनि पक्राउ परेका छन्। पुल उद्घाटनस्थलमा प्रहरीले लाठी चार्जसमेत गरेकोे बताइएको छ।
पाैडेलले सुरक्षा घेरा ताेडेकाे कारण उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएकाे प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिएका छन्।