साताको चौथो कारोबार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ७० अंक भन्दा माथिले उकालो लागेको छ। नेप्सेमा कारोबार हुने व्यापार बाहेक अन्य सबै समूहहरु बढेर हरियाली देखिदा नेप्से परिसूचक ७० दशमलव ६४ अंकले बढेर २ हजार ७१ दशमलव ०२ अंकमा पुगेको छ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १९ प्रतिशत अर्थात १२ दशमलव २५ अंकले बढेर ३९६ दशमलव ०४ अंकमा पुगेको छ। दिनभर भएका ६० हजार ८ सय ४६ कारोबारबाट २०१ कम्पनीका १ करोड ५४ लाख १६ हजार ३ सय ८३ कित्ता सेयर किनबेच भएका छन्।
जसबाट कारोबार रकम ७ अर्ब ३७ करोड ४० लाख १७ हजार ९ सय रुपैयाँ पुगेको छ। बुधबार व्यापार समूह १६ दशमलव ६३ अंकले ओरालो लागेको छ भने अन्य सबै समूह बढेका छन्।
बैंकिङ समूह ६ दशमलव ३८, होटल ५१ दशमलव १६, विकास बैंक २२ दशमलव ५९, हाइड्रोपावर ८८ दशमलव ९९, फाइनान्स ३ दशमलव ७६, निर्जिवन बिमा २४४ दशमलव ८२, उत्पादमूलक ३०३ दशमलव १२, लघुवित्त २३२ दशमलव ५६, जीवन बिमा ६०८ दशमलव ७३ र म्युचुअल फण्ड ० दशमलव ०४ अंकले बढेको छ ।