इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतराज चौधरी निलम्बित भएका छन्। मंसिर ९ गते मध्यराती सम्पर्कविहीन भएका डीएसपी चौधरीलाई आचरण विरुद्धको गतिविधि गरेको भन्दै गृह मन्त्रालयले मंसिर १२ गते निलम्बन गरेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी) दिलीपसिंह देउवाको नेतृत्वमा उनीमाथि छानविन गरिरहेको जानकारी दिएको छ। पहिलो चरणमा जिम्मेवारी खोसेर छानबिन भइरहेकोमा जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई निलम्बन गर्न सिफारिस गरेको थियो।
सम्पर्कविहीन भएका डीएसपी चौधरी कैलालीको एक होटेलमा भेटिएका थिए। उनी निर्दोष सावित भए पुनः जिम्मेवारीमा फर्किने बताइएको छ।