नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिशोध र शक्ति उन्माद भएको बताएका छन्।
उनले पौडेललाई नियोजितरुपमा पक्राउ गरिएको जानकारी दिएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया नभएको उनको दावी छ।
पौडेल गिरफ्तारीको घटनाले सरकारको चरित्रलाई उदाङ्गो बनाएको र गिरफ्तारीको घटना निकै महँगो पर्ने उनको चेतावनी छ।
याे पनि पढ्नुहाेस :
‘रामचन्द्र पौडेलको गिरफ्तारी सर्वसत्तावादको संकेत, सरकारको प्रवृत्तिविरुद्ध देशव्यापी प्रतिरोध गर्छाैं’