नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। उनले आफू कोरोनाबाट मुक्त भएको आज सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका लामिछानेमा कोरोना संक्रमण पुष्टि भएको थियो। पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै उनी सेल्फ आइसोलेशनमा बसेका थिए।
आइतबार श्वासप्रश्वासमा समस्या देखिएपछि सन्दीपलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो। केही दिनको आरामपछि उनी बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जानेछन्।
अष्ट्रेलियामा यही डिसेम्बर तेस्रो सातादेखि बिग ब्यास लिग शुरु हुँदैछ। उनी तेस्रोपटक बिग ब्यास लिग खेल्ने तयारीमा छन्। यसपटक सन्दीपले होबार्ट हुरिकेन्सबाट बिग ब्यास खेल्दै छन्।