राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास गएका हुन्।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित भेट भएको स्रोतले बतायो। यसबीच प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा नियमित बैठक बस्न लागेको बताइएको छ। मन्त्रिपरिषद्को नियमित बैठक सोमवार र बिहीवार बस्ने गरेको छ।