बलिउडमा सबैभन्दा बढी बहसमा उत्रिने अभिनेत्री हुन्, कंगना रनौत। कंगना बलिउडका अन्य सेलिब्रेटीसँग बेलाबेला कडा वाकयुद्धमा उत्रिएकी हुन्छिन्।
यसपटक उनी पञ्जाबी सुपस्टार दिलजीत दोसाँझसँग भिडेकी छिन्। दिलजीतले कंगनालाई ट्याग गर्दै एक भिडियो शेयर गरेका कारण उनीहरुबीच भनाभन चलेको छ।
उक्त भिडियोमा किसान आन्दोलनमा देखिएका महिन्दर कौरले कंगनाको शाहिन बागवाला विवादित ट्विटको जवाफ दिइरहेका छन्। जसका कारण कंगना र दिलजीतबीच ट्वीटर युद्ध शुरु भएको हो।
दिलजीतले ट्वीटरमा मान्छे यति पनि अन्धो नहोस् कि, जे मन लाग्छ त्यही बोल्न सकोस् भन्दै कंगनालाई प्रमाणको साथ महेन्दरको जवाफ सुन्न आग्रह गरेका छन्।
जवाफमा कंगनाले दिलजीतलाई करण जोहरको पाल्तुको संज्ञा दिँदै जुन महिला शाहिन बागमा आफ्नो नागरिकताको लागि आन्दोलन गरिरहेकी थिइन्, उनी किसान आन्दोलनमा पनि देखिएको बताएकी छिन्। आफूले महेन्दरलाई नचिनेको बताउँदै उनले दिलजीतलाई यो नाटक बन्द गर्न आग्रह गरेकी थिइन्।
दिलजीतले त्यसको जवाफमा तिमीले जोजोसँग काम गर्याै तिमी ती सबैको फाल्तु हो भन्दै कंगनालाई प्रश्न गरेका छन्। ट्वीटर युद्ध त्यतिमै रोकिएन। कंगनाले फेरी दिलजीतलाई चम्चेको उपनाम दिँदै उसले जसको चाकडी गरेर फिल्म लिन्छ ती सबैलाई आफूले तह लगाइसकेको बताएकी छिन्।