डाक्टर गोविन्द केसी कोरोनामुक्त भएका छन्। उनले संक्रमण पुष्टि भएको २१ औं दिनमा कोरोनालाई जीतेका हुन्।
शिक्षण अस्पताल महराजगञ्जमा उपचाररत डा. केसी आजै अस्पतालबाट डिस्चार्ज भएका छन्। चिकित्सा शिक्षा सुधारका लागि लामो समयदेखि अनवरत रूपमा लागिपरेका उनीमा कात्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
सामान्य रुघाखोकी, ज्वरोको लक्षण देखिएपछि केसीको कोरोना परीक्षण गरिएको थियो।