प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक ह्याक भएको छ। शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएको हो। मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फोटोमा एक जना युवती र कभर फोटोमा जंगलको तस्बिर राखिएको छ।
मुख्यमन्त्री राउतको फेसबुकबाट बिहान बिहान अनावश्य कुराहरु पोष्ट भएपछि ह्यक भएको थाहा भयो। कहाँबाट र कसरी भएको हो भन्नेबारे छानबिन भइरहेको जनाइएको छ।