फ्रिजमा सबैभन्दा लामो समय राखिएको भ्रुणबाट जन्मिएको विश्व कीर्तिमान ‘एम्मा’ नाम गरेकी बालिकाको नाममा थियो। उनी २४ वर्ष पुरानो भ्रुणबाट जन्मिएकी थिइन्।
तर, अहिले उक्त कीर्तिमान भंग भएको छ। हाल उक्त कीर्तिमान २७ वर्ष पुरानो भ्रुणबाट जन्मिएकी ‘मोली’को नाममा रहेको छ। गत अक्टोबरमा जन्मिएका ‘मोली’ टिना गिब्सन र बेनकी छोरी हुन्।
यसो त ‘एम्मा’ पनि उनीहरुकै छोरी हुन्। बहिनी ‘माली’ले आफ्नै दिदी ‘एम्मा’ को रेकर्ड भंग गरेकी हुन्। सन् १९९२ मा एक दम्पतिले उनीहरुबाट भ्रुण तयार गरेका थिए। उनीहरु त्यही भ्रणबाट जन्मिएका हुन्।
मोलीको जन्मले भ्रुण जतिसुकै पुरानो भए पनि त्यसको प्रभावकारीतामा कमी नआउने तथ्य साबित भएको छ। यसै वर्षको फेब्रुवरीमा टिनाको गर्भमा २७ वर्ष लामो भ्रुण राखिएको र उक्त भ्रणबाट २ किलो ८० ग्राम तौल भएकी बालिका (मोली)को जन्म भएको हो।

