सरकारको रवैयाप्रति असन्तुष्ट बनेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ। कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको शुक्रबार बसेको बैठकले मैसिर २९ गते देशभर बृहत् प्रदर्शन गर्ने निर्णय गरेको हो।
पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ प्रकरणपछि रुष्ट बनेको कांग्रेसले सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै देशभर प्रदर्शनको तयारी गरेको हो।
शुक्रबारको बैठकमा कांग्रेस नेताहरुले पौडेलमाथि भएको दुव्यर्वहार र धरपकडको भर्त्सना गर्दै संघीय संसदको अधिवेशन छिटो बोलाउन माग गरेको छ।