सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ। शनिबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको बैठकले पूर्व निर्धारित समयअनुसार आइतबार १ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ।
भोली १ बजे धुम्बाराहीमा बस्ने बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन पेस हुने छ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको समस्याका विषयमा शनिबार छलफल भए पनि निष्कर्ष निस्किन सम्भव नभएको बताए। उनले दुई अध्यक्षबीचको छलफल जारी रहने जानकारी दिए।
सचिवालय बैठक बस्नु्अघि दुई अध्यक्षबीच २५ दिनपछि छलफल भएको थियो।