लामो समयदेखि विवादमा अल्झिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ। आइतबार अपरान्ह १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने भएको हो।
आज बस्ने बैठकमा दुई अध्यक्षका राजनीतिक प्रस्तावहरू पेश हुनेछन्। बैठकको माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित ५ नेताले लेखेको पत्र, त्यसको जवाफमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको पत्र र प्रचण्डको पत्र समेत बैठकमा पेस हुनेछ।
शनिबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोप पत्र फिर्ता नभएसम्म बैठक बस्न नसक्ने दोर्होयाएका थिए।
बहुमत सचिवालय सदस्य आजको स्थायी कमिटी बैठक बोलाउनु पर्ने पक्षमा रहेपछि प्रधानमन्त्री ओली बैठकका लागि तयार भएका हुन्।