गोरखा अस्पतालका स्वास्थ्यकर्मीले आकस्मिकबाहेकका सेवा बन्द गराएका छन्। बिरामीका आफन्तले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको भन्दै उनीहरुले आइतबार सेवा बन्द गराएका हुन्।
एक चिकित्सकका अनुसार गोरखा नगरपालिका–३ घलाङकी महिलाका श्रीमान र आफन्तले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेका हुन्। सुत्केरी लडेको विषयलाई लिएर उनका श्रीमान र चिकित्सकबीच वादविवाद भएको थियो। त्यसक्रममा सुत्केरीका श्रीमानले चिकित्सकमाथि हातपात गरेको बताइएको छ।
उता, सुत्केरी महिलाका श्रीमान देवेन्द्रजंग कुवँरले चिकित्सकले आफूमाथि दुव्र्यवहार गरेको बताएका छन्। आफूहरुले चिकित्सकको व्यवहार सच्याउन आग्रह गर्दा नमानेको उल्टै चिकित्सकले आफूमाथि गलत आरोप लगाएको उनले जानकार दिएका छन्।
अस्पताल विकास समितिल घटनाको छानबिनका भाइचन्द्र श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको बताइएको छ। आइतबार समितिको बैठकले ५ सदस्यीय समिति गठन गरेको हो।