सत्तारुढ नेपाल कम्यनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ। पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठक मंसिर २८ गते बस्नेगरि केहीबेर अगाडी सकिएको हो।
बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिएनन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक बसिएको हो। पार्टीमा देखिएको आन्तरिक समस्या बैठकको कार्यसूची रहेको थियो।
ओलीले पत्र नै पठाएर स्थायी कमिटीमा नआउने जानकारी दिएका थिए। बैठकमा सचिवालय सचिव ईश्वर पोखरेलले ओलीको पत्र बाचन गरेर सुनाएका थिए। ओलीले आफ्नो पत्रमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा छलफल गर्न नसक्ने आफ्नो मान्यता रहेकाले बैठकमा आउन नसक्ने बताएका छन्।
केन्द्रीय समिति बैठक पुस ५ गते बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। केन्द्रीय समिति बैठक मंसिर २५ गतेका लागि बोलाइएको थियो।
यस्तो छ प्रधानमन्त्री ओलीले लेखेको पत्रको पूर्ण पाठ: