जिल्ला अदालत सुनसरीले बलात्कार सम्बन्धी मुद्दामा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएको छ।
न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै सोमबार र गिरीलाई सफाइ दिएको हो।
एक अनुयायीले आफूलाई सिद्धबाबाले बलात्कार गरेको भनी उजुरी दिएकी थिइन्। त्यसपछि सिद्धबाबामाथि अनुसन्धान शुरु भएको थियो।