लोकसेवा आयोगको सर्भर ह्याक गरेर परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने घटनाका दुई आरोपीलाई पक्राउ परेका छन्।
लोक सेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले काठमाडौं र पोखराबाट एकएक जनालाई पक्राउ गरेको हो।