प्रधानमन्त्री केपी शर्मा ओलीले बाेलाएकाे सर्वदलीय बैठक शुरू भएकाे छ। प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शुरु भएको बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएकाे छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद चर्किरहेको बेला प्रधानमन्त्री ओलीले पछिल्लो समय देशमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन्।
बैठकमा देशभर बढिरहेको राजावादी प्रदर्शन र त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिबारे छलफल हुनेछ। राजावादीको प्रदर्शन र नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला बोलाइने बैठकलाई विशेष चासोको रुपमा हेरिएको छ।
यसअघि नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका थिए।