नेत्रविक्रम चन्द विप्लव समूहले मोरङका एक शिक्षकको अपहरण पछि गोली हानी हत्या गरेको छ। मोरङको मिक्लाजुङ—१ बर्खेका ५४ वर्षिय शिक्षक राजेन्द्र श्रेष्ठको विप्लवका कार्यकर्ताले गोली हानी हत्या गरेको हो।
हातहतियार सहित आएका चार पाँच जनाको समुहले मंगलबार बिहान ६ बजेतिर उनलाइ घरबाट उठाएर बर्खे जंगलमा लगेका थिए। सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापकसमेत रहेका श्रोष्ठको टाउकोमा गोली लागेको छ।
बिहान साढे ७ बजे गोली प्रहार भएपछि स्थानीय त्रसित भएका छन्। घटनास्थल तर्फ प्रहरी टोली जादैं गरेको छ।
‘