च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा बार्सिलोना र युभेन्टसबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली समयअनुसार खेल मंगलबार राति १ः४५ बजे शुरु हुनेछ।
समूह जिमा रहेका दुबै टोली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरिसकेका छन्। मंगलबार राति हुने खेलमा दुई टोलीबीच प्रतिष्ठाको लडाइँ हुनेछ। ५ खेल खेलिसक्दा बार्सिलोना समूह चरणमा अपराजित रहेको छ।
त्यसकारण बार्सिलोना समूह चरणमा शतप्रतिशत जीतको खोजमा छ। समूह चरणको यसअघिको खेलमा बार्सिलोनाले युभेन्टसलाई २–० गोलले पराजित गरेको थियो।
याे पनि पढ्नुहाेस् :
प्रतिष्ठाको लडाइँमा मेसी र रोनाल्डो : बार्सिलोना र युभेन्टसबीच महाभिडन्त हुँदै
त्यस्तै, समूह चरणको खेलमा बार्सिलोनासँग हार बेहोरेको युभेन्टस उक्त हारकाे बदला लिने लक्ष्यमा छ। उक्त खेलमा युभेन्टस मुख्य खेलाडी क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको थियो। कोरोना ससंक्रमणका कारण उक्त खेल गुमाएका रोनल्डोले मंगलबार रातिको खेल खेल्ने लगभग पक्का छ।
सन् १९५२ देखि २०२० सम्म आइपुग्दा यी दुई टोलीबीच १६ पटक भिडन्त भइसकेको छ। जसमध्ये बार्सिलोनाले ७ खेलमा जीत निकालेको छ भने युभेन्टस ५ खेलमा विजयी भएको छ। ४ खेल बराबरीमा सकिएको छ।