विश्वको सर्वाच्च शिखर सगरमाथा आरोहण गरेका पहिलो बेलायती नागरिक डोउग स्कटको निधन भएको छ। उनको ७९ वर्षको उमेरमा निधन भएको हो।
स्कट सन् १९७५ मा सगरमाथा आरोहण गर्ने पहिलो बेलायती टोलीको एक सदस्य रहेका थिए। हिमाली क्षेत्रका मानिसहरुको सहयोगका लागि सन् १९९४ मा स्कटले च्यारिटी कम्युनिटी एक्सन नेपाल (क्यान)को स्थापना गरेका थिए।
लकडाउनको समयमा पनि उनी सामाजिक कार्यमा सक्रिय थिए। उनले लकडाउनमा हिमाली क्षेत्रका मानिसहरुको सहयोगको लागि पैसा जुटाएका थिए।