विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई सार्वजनिक भएको छ। सगरमाथाको नयाँ उचााई ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर रहेको छ। मंगलबार राजधानीमा विशेष कार्यक्रम गरी नेपाल र चीनले एकै पटक सगरमाथाको उचाई सार्वजनिक गरेको हो।
पहिला सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर थियो भने हाल दशमलव ८६ ले बढेर ८ हजार ८४८.८६ मिटर पुगेको हो। नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाई मापन गरेर सार्वजनिक गरेको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाई मापन गरेको हो।
विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाई घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाई नापेको हो।
विभाग स्रोतका अनुसार सगरमाथाको हालको आठ हजार ८४८ मिटर उचाई केही बढेको छ।