भारतको छत्तिसगढस्थित बलरामपुर जिल्लामा मुटु काँप्ने बलात्कारको घटना सार्वजनिक भएको छ। कक्षा ९ मा पढ्ने एक किशोरीकाथि भएको बलात्कार घटनाले धेरैको आँखा रसाएको छ।
घरका सदस्यलाई खबर नगरी साथीको घरमा गएकी उनलाई ८ जनाले १३ दिनसम्म बलात्कार गरेको भारतीय प्रहरीले जानकारी दिएको छ। साथीको घरमा ती युवतीको भेट एक किशोरसँग भएको र ती किशोरले उनलाई बलात्कार गरेका थिए।
युवतीले प्रहरीमा दिएको बयानअनुसार ती किशोरले आफूले बलात्कार गरेपछि उनलाई जबरजस्ती आफ्नो साथीहरुकोमा पुर्याएका थिए। त्यसपछि उक्त किशोरको ८ जनाले साथीहरुले ती किशोरीमाथि १३ दिनसम्म लगातार बलात्कार गरेकी थिए।
उता, छोरी हराएपछि किशोरीका परिवारले प्रहरीमा उजुरी दिएका थिए। पुलिसले तत्काल टिम नै बनाएर किशोरीको खोजि शुरु गरेको थियो। विशेष सुराकीका आधारमा पुलिसले ५ डिसेम्बरमा उनलाई अम्बिकापुर जिल्लाको सरगुजामा फेला पारेको थियो।
पीडित किशोरी २० नोभेम्बरबाट हराएकी थिइन्। उनले १३ दिनसम्म आफूलाई अलग अलग ठाउँमा लगि ८ जनाले बलात्कार गरेको बयान दिएकी छिन्। पुलिसले पीडितको बयानका आधारमा सबै आरोपीलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये ६ जना नाबालिग रहेको बताइएको छ।