मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको शव हात बाँधेको र घाँटीमा चोट लागेको अवस्थामा भेटिएको हो।
यसअघि प्रहरीले शिक्षक श्रेष्ठको गोली हानी हत्या भएको बताएको थियो। तर, घटनास्थल पुगेको प्रहरीले भने उनको घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला पारेको थियो। हत्यापछि विप्लव कार्यकर्ताले हवाइ फायर गरेको हुनसक्ने प्रहरीको अनुमान छ।
प्रहरी उच्च स्रोतकाअनुसार शिक्षक श्रेष्ठसंग विप्लव समूहले चन्दा मागेको हुनसक्छ र चन्दा नदिएपछि उनको हत्या गरेको अननुमान छ। शिक्षक श्रेष्ठलाई सुराकीको आरोपमा हत्या गरेको प्रारम्भिक अनुमान छ। प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ।
नेत्रविक्रम चन्द विप्लवका ६ जनाको समुहले मंगलबार बिहान ६ बजेतिर उनलाइ घरबाट उठाएर बर्खे जंगलमा लगेका थिए।