आफ्नै शिक्षकको हत्या गरेका एक युवकको रुसमा भव्य सम्मानका साथ अन्त्येष्टि गरिएको छ। रुसको मस्कोमा जन्मिएका अब्दुल्ला नामका ती युवकले फ्रान्सको राजधानी पेरिसमा एक शिक्षकको टाउको छिनाएका थिए।
अब्दुल्लाहले १६ अक्टोबरका दिन फ्रान्सका शिक्षक सामुएल पेटीको हत्या गरेका थिए। शिक्षकको हत्या भएको केहीबरेमै प्रहरीले जवाफी कारवाहीमा ती युवकलाई पनि मारेको थियो।
पढाउने क्रममा शिक्षकले पैगम्बर मोहम्मदको कार्टुन देखाएर कार्टुनको सहारा लिएर अभिव्यक्ति स्वतन्त्रताको महत्वबारे व्याख्या गरेका थिए। उक्त व्याख्या गरेको भन्दै ती युवकले शिक्षक सामुएलको घाँटी छिनाएर हत्या गरेका थिए। आफूले शिक्षकको हत्या गरेको भिडियोसमेत बनाएका ती युवकको शव उनकै जन्मस्थान रुस लगिएको थियो।
रुसमा उच्च सम्मानका साथ ती युवकको अन्तिम संस्कार गरिएको छ। गाउँमा अत्यन्तै चिसो मौसमका बाबजुत उनको अन्तिम संस्कारमा करिब २ सय जना सहभागी भएका थिए। उनको अन्तिम संस्कार हिरोजस्तै सम्मानका साथ गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्।