कतार सरकारले नेपाल सरकारलाई तीन वटा मर्सिडिज कार उपहार दिएको छ। बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदुत युसुफ विन मोहम्मद अल(हैल)ले परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई साँचोसहित मर्सिडिज कार हस्तान्तरण गरेका छन्।
कतारको उपहार ग्रहण गर्दै परराष्ट्र सचिव पौड्यालले कतार सरकारलाई धन्यवाद दिएका छन्। ‘कार उपहार प्राप्त भएकोमा मात्र होइन, कतार सरकारले नेपालप्रति देखाएको सद्भाव र निरन्तर सहयोगको लागि सम्पुर्ण नेपालीको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु,’ परराष्ट्र सचिव पौड्यालले भने।