सरकारलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिइएको छ।
बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको हो। गत मंसिर ३ गते मन्त्रिपरिषद्ले एआईजीको एक दरबन्दी थप्ने निर्णय गरेको थियो।
समितिले गृहमन्त्री रामबहादुर थापा बादललाई बोलाएर एआईजीको दरबन्दी थप गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको हो। डीआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्न यसअघि नै सिफारीस भइसकेको छ।