इटालीलाई सन् १९८२ को विश्वकप जीताउन महत्वपूर्ण भूमिका खेलेका महान् फुटबलर पाउलो रोसिको निधन भएको छ। पाउलोको ६४ वर्षको उमेरमा निधन भएको इटनलियन राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएको छ।
पाउलो १९८२ को फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले उक्त विश्वकपमा ६ गोल गरेका थिए। पाउलोकी श्रीमति फेडेरिका क्याप्पेलेटीले इन्स्टाग्राममा फोटो पोष्ट गर्दै ‘सधैंको लागि’ लेखेकी छिन्। उनले पाउलोको मृत्युको कारणबारे खुलाएकी छैनन्।
पाउलो इठालिका सर्वकालिन् महान खेलाडी हुन्। सन् १९८२ मा गोल्डेन बुट जीतेका उनले त्यसै वर्ष गोल्डेन बल पनि जीतेका थिए। इटालियन क्लब युभेन्टसबाट पाउलोले दुई पटक सिरी ए को उपाधी, एक पटक युरोपियन कप र एक पटक कोपा इटालियाको उपाधी जीतेका थिए।