नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने टि–२० वरियतामा सन्दीप एक स्थान माथि उक्लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टी–२० वरियतामा सन्दीप एक स्थान माथि आएका हुन्।
आइसीसीले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८० औं स्थानमा पुगेका छन्।
उनले भारतीय खेलाडी रवीन्द्र जडेजालाई पछि पारेका छन्। जडेजा ८१ औं स्थानमा छन्। यसअघिको वरियतामा लामिछाने ८१ औं स्थानमा थिए।
चर्चित बलरहरु बेन स्ट्रोक र कार्लोस ब्रेथवेट पनि नयाँ वरियतामा लामिछानेभन्दा पछाडि छन्। नयाँ वरियातामा बे्रथवेट ८२ औं स्थानमा तथा स्टाेक ८५ औं स्थानमा रहेका छन्। लामिछानेले क्यारेवियन प्रिमियर लिग (सिपीएल) पछि कुनै पनि प्रतियोगिता खेलेका छैनन्।
इन्डियन प्रिमियर लिग (आइपीएल) मा कुनै पनि खेल खेल्न नपाएका कारण लामिछानेको वरियतामा उल्लेख्य सुधार हुन नपाएको बताइएको छ।