सातामा दुई दिन सार्वजनिक बिदा दिन बनेको सरकारी अध्ययन समितिले आफ्नो अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा बनेको अध्ययन समितिले साताको दुई दिन बिदा दिन सम्भव रहेको भन्दै प्रतिवेदन मार्फत सरकारलाई बिदा दिन सिफारिस गरेको हो।
हप्तामा दुई दिन बिदा दिने प्रयोग अन्तर्राष्ट्रिय बजारमा समेत निकै सफल र व्यवहारिक देखिएको भन्दै समितिले सोही अनुसार नेपालले पनि गर्ने प्रयोग सक्ने जानकारी दिएको छ। हाल विश्वका ८८ भन्दा बढि मुलुकहरुमा हप्ताको दुई दिन बिदा दिने प्रचलन रहेको छ। हाल नेपालमा हप्ताको एकदिन शनिबार मात्र सार्वजनिक बिदा दिने प्रचलन रहेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको नेतृत्वमा गठित अध्ययन समितिमा मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेव घिमिरे, अर्थमन्त्रालयका प्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल सहभागी रहेका छन्।
प्रतिवेदन