सामाजिक सञ्जाल फेसबुक र यससँग सम्बन्धी अन्य सामाजिक सञ्जालमा समस्या देखिएको छ। फेसबुकको म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम डाउन भएसँगै प्रयोगकर्ता समस्यामा परेका छन्।
यो समस्या नेपालसहित युरोपेली मुलुकमा पनि देखिएको छ। म्यासेन्जरमा अहिले पनि नो इन्टरनेट कनेक्सन देखाइरहेको छ। बेलायत लगायत अन्य युरोपेली मुलुकमा पनि केही समयका लागि फेसबुक बन्द भएको जानकारी दिइएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अत्यधिक धेरै प्रयोगकर्ताले फेसबुक म्यासेन्जर लग इन गरेर म्यासेज पठाउन वा पाउन खोज्दा समस्या आएको गुनासो गरेका छन्।
फेसबुकमा ब्राउजिङमा केही समस्या आएका कारण डाउन भएको हुन सक्ने बताइएको छ। समस्या समाधानमा सम्बन्धित निकाय जुटिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्।